बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । प्रतितोला छ सय रुपैयाँले बढेर आज एक लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार भने सुन प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। प्रतितोला दुई हजार ४० रुपैयाँ रहेको चाँदी आज दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।