काठमाडौं- ताप्लेजुङको मुकुम्लुङ/पाथीभरा क्षेत्रमा भइरहेको केबलकार निर्माण कार्यलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
अदालतको आदेशका कारण तत्कालका लागि केबलकार निर्माण कार्य स्थगन गर्नुपर्ने भएको छ ।
यामबहादुर लिम्बूसमेत निवेदक रहेको रिटमा न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले हालसम्म भए गरेका कामहरु यथास्थितिमा राख्न भनेको हो ।केबलकार निर्माण कार्य रोक्नका लागि अन्तरिम आदेशको समेत माग गरिएको हुनाले विषयवस्तु प्रकृति र गम्भीरतालाई हेरी हालसम्म भए गरेका कारवाहीहरु यथास्थितिमा राख्न आदेश भनिएको हो ।
अन्तरिम आदेश जारी गर्ने, नगर्ने सन्दर्भमाछलफल गर्न सर्वोच्च अदालतले चैत २६ गते दुबै पक्षलाई झिकाउने भएको छ ।
मुकुम्लुङ/पाथीभरामा उद्योगी चन्द्र ढकालको कम्पनीले केबलकार निर्माण कार्य गरिरहेको छ भने स्थानीयवासीले सांस्कृतिक अतिक्रमण भएको भन्दै केबलकारविरुद्ध आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया