तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन


काठमाडौँ- गत शुक्रबार (चैत्र १५) काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।

आइतबार बिहान सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सरकारलाई राजावादीहरूको प्रदर्शनबाट भएका घटनाहरूको सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

‘सो दिनको अराजक गतिविधिबाट निजी सम्पत्ति लगायतका सरकारी सम्पत्तिमा गम्भीर क्षति भएको हुँदा उक्त दिनको घटनाको सत्य तथ्य छानबिन गरी संलग्न जो सुकैलाई पनि कानुनी दायरामा ल्याइ हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ,’ सभापति थापाले भने ।

समितिको तर्फबाट समिति सभापति अम्मरबहादुर थापाले घटनामा संलग्नलाई कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन दिए ।

त्यस्तै, सुरक्षाकर्मी लगायतका सम्पूर्ण घाइते व्यक्तिको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको प्रभावकारी प्रबन्ध गर्न समेत समिति नेपाल सरकारलाई समितिले निर्देशन गरेका छन् ।