निउरो टिप्न गएकी महिलाको निलगाईको आक्रमणबाट मृत्यु

निउरो टिप्न गएकी महिलाको निलगाईको आक्रमणबाट मृत्यु


चितवन,चैत २५- चितवनमा निउरो टिप्न गएकी महिलाको निलगाईको आक्रमणमा परेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित राप्ती दुन सामुदायिक वनमा निउरो टिप्न गएकी एक महिलाको निलगाईको आक्रमणबाट मृत्यु भएको हो ।

 

निलगाईको आक्रमणबाट घाइते भरतपुर–२४ की ६५ वर्षीय लक्ष्मी नेपालीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । नेपाली आइतबार दिउँसो २ बजेको समयमा साथीहरुसँग वनमा निउरो टिप्न गएकी थिइन् । निउरो टिप्ने क्रममा अचानक निलगाईले आक्रमण गर्दा उनको शरिरको दाहिनो कोखामा चोट लागेको थियो ।