काठमाडौँ महानगरका कर्मचारीले पाए तलब

काठमाडौँ महानगरका कर्मचारीले पाए तलब


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कर्मचारीको तलब खातामा हालिदिएको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन) देखि महानगरका सबै जनप्रतिनिधि र कर्मचारीको तलब गएको छ ।

महानगरको कर्मचारीले पाउन बाँकी रहेको तीन महिनादेखि छ महिनासम्मको तलब पाएको महानगरले जनाएको छ ।

महानगरले एक अर्ब १३ करोड रुपैयाँ बराबरको तलब निकासा गरेको छ ।

महानगरको २९ सय व्यक्तिलाई एक अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । काठमाडौँ टावरको नक्सा १२ तलाको ठाउँमा १९ तलाको पास गरेको भन्दै मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई तीन महिना अघि कारबाही गरेपछि सबैको तलब रोकिएको थियो ।