काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस भातृसंगठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण कार्यक्रम तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।
शिक्षकका धेरै मागहरू सरकारको कार्यपालिकाको बैठकले नै सम्बोधन गर्ने खालको भएको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले भने, ‘शिक्षकको मागलाई तुरुन्त सम्बोधन गर्नुपर्छ कार्यपालिकाकै बैठकबाट समाधान गर्न मिल्ने खालका छन् ।’
साथै महामन्त्री थापाले विपी स्मृति भवन दमौलीमा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नेपाल तरुण दल तनहुँका अध्यक्ष हिरा थापाले जानकारी दिए । शिक्षकहरू सडकमा आएर लामो समय सम्म आन्दोलन गरिराख्नु पर्ने अवस्थाको अन्त्यको लागि गंभिर भएर सरकारले तत्कालै माग पुरा नभए अप्रिय घटना हुने स्थितिको सिर्जना हुने महामन्त्री थापाको भनाई थियो ।
काँग्रेसको महाधिवेशन २०८३ भित्रै हुनुपर्ने बताउनुभयो । आगामी २०८४ को निर्वाचन पछि अधिवेशन गर्न कानुनले नमिल्ने भएकोले वैशाखमा हुने स्थानीय तहको निर्वाचन अघि नै अधिवेशन हुने बताए ।
समयमा अधिवेशन भएन भने काँग्रेसको चुनाव चिन्ह नै अन्य पार्टीले दल दर्ता गरेरै लैजाने जोखिम हुने उल्लेख गर्दै निर्वाचन अघि नै अधिवेशन हुने उनको थियो । महामन्त्री थापाले युवाहरूलाई राजनीतिक प्रशिक्षणको कमी भएकोले अवसरवादीहरूले मौका पाएको बताए । राजनीतिक योगदान र गरेको कामको राम्रोसँग बुझाउन नसक्दा झुट्टो कुरा गर्नेले चुनावमा मत पाएको उनको भनाई थियो ।
युवाहरूलाई प्रमुख रोजगारीको क्षेत्र भनेको आइडी भएकोले उल्लेख गर्दै थापाले सूचना प्रविधिमा दक्ष हुँदा स्वदेशमै राम्रो कमाई गर्न सकिने बताए । यसबाट आफ्नो देशको मात्रै नभई विदेशको समेत काम गर्न सकिने भएकोले युवाहरू आइटी सम्बन्धी ज्ञान लिए बेरोजगारीको अन्त्य हुने उनको भनाई थियो ।
प्रतिक्रिया