तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडा हर्कपुर मोटरमार्गअन्तर्गत बेसारेगौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी दिए। नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।
प्रतिक्रिया