काठमाडौमा हावाहुरीसहित वर्षा

काठमाडौमा हावाहुरीसहित वर्षा


काठमाडौ । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भएको हो ।
बागमतीको अलावा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा पूर्णदेखि आंशिक बदली हुनेछ ।