गगन थापाले भने-‘प्रधानमन्त्रीले ३-४ दिनमा एक पटक मेरो सरकार ठिक छ भन्नुपर्ने अवस्था छ’

गगन थापाले भने-‘प्रधानमन्त्रीले ३-४ दिनमा एक पटक मेरो सरकार ठिक छ भन्नुपर्ने अवस्था छ’


अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बने पनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिति रहेको बताए। उनले यस्तो परिस्थितिको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा काम गर्नुपर्ने बताए।

उनको भने, ‘हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितिको निर्माण हामीले गर्नुपर्नेछ। हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरूसँग पनि छलफल चलाउनुपर्नेछ। ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन। यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौँ। अहिले एमालेसँग सरकारमा छौँ। एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एक अर्कासँग मारामार छ।

हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन। भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन। तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको। प्रत्येक गठबन्धनको प्रधानमन्त्रीले दिनमा दुई पटक, कहिलेकाहीँ तीन चार दिनमा एक पटक आएर मेरो सरकार ठिक छ भन्नै पर्छ।

जति बलियो भए पनि, टिक्छ टिक्छ, हिजो बेलुकासम्म नटिक्ने थियो, आज आइपुग्दा टिक्ने भइसक्यो भन्नुपर्ने अवस्था छ। त्यसैले हामीकहाँ गठबन्धनको संस्कृति राम्रो भएन।’