भोलिको प्रदर्शनमा अराजकता भए कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

भोलिको प्रदर्शनमा अराजकता भए कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी


काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौँको बिजुली बजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ ।

गृहले शनिबार विज्ञप्ति जारी गरेर राप्रपाले भोलि निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएको हो।

मन्त्रालयले त्यस्ता गतिविधि भए कानुनअनुसार कारबाही हुनेबारे सचेत गराएको छ।