काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाँदैछन्। परिवारसहित आज राति देउवा थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने काँग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए।
देउवासँग परराष्ट्र मन्त्री डा. आरजु राणा र छोराबुहारी पनि साथ रहनेछन्। स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड जान लागेको उनले बताए।
सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। एमालेसँगको सहकार्यको ९ महिनामै काँग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दै छ।
सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेको बेलामा माओवादी केन्द्रले देउवा प्रधानमन्त्री बने आफूहरू सघाउन तयार रहेको बताउन थालेको छ। तर, मुख्यसचिव पौडेलले थाइल्याण्डमा देउवाको कुनै राजनीतिक भेटघाटको कार्यक्रम नभएको दाबी गरेका छन्।

प्रतिक्रिया