काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोल ढलेर करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ ।
पाथीभरा जाँदै गरेको बालेरो जिपमाथि फुङलिङ नगरपालिकाको तेर्छे भन्ने स्थानमा बिजुलीको पोल ढलेर करेन्ट लागेको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया