रवि दाई ‘पटके’ भईसके, उनलाई नबिर्सी रास्वपा अघि बढ्न सक्दैन- मुकुल ढकाल

रवि दाई ‘पटके’ भईसके, उनलाई नबिर्सी रास्वपा अघि बढ्न सक्दैन- मुकुल ढकाल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुर्व महामन्त्री डा. मुकुल ढकालले रवि लामिछाने पटके भइसकेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै मुकुलले रविको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट छुट्न सक्ने र कुनैबाट प्रक्राउ पनि पर्न सक्ने हुनाले रवि ‘पटके’ भइसकेको टिप्पणी गरेका हुन् ।

मुकुलले अब रविलाई नबिर्सी रास्वपा अघि बढ्न नसक्ने दाबि गर्दै वैकल्पिक राजनीतिको अभियान पनि अगाडी बढ्न नसक्ने जिकिर गरेका छन् ।

उनले भनेका छन्-

रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ । कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन् । यिनी जेलबाट आऊ-जाऊ भइराखे भने अचम्म नमान्दा हुन्छ । तपाईंहरुको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन् । यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा “पटके” भनिन्छ । रवि दाइ पनि “पटके” भइसके ।

रवि दाइको यो “पटके” अवस्थाले न त पार्टीभित्रबाट कसैले पार्टीलाई ड्राइभ गर्ने गरि अन्तिम निर्णय गर्न सक्छन् न त पार्टी बाहिरबाट कसैले वैकल्पिक राजनीतिलाई अघि बढाउन सक्छन् । रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै । यिनी आऊ-जाऊ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहन्छन् । अनि लास्टमा न रास्वपा अघि बढ्न सक्छ, न कुनै अर्को दल आउन सक्छ, र उहि अन्तिम रिजल्ट भनेको काङ्ग्रेस-एमाले-माओवादीले नै जित्ने हुन् । तीतो लाग्यो कुरा ? सत्य यहि हो ।