रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा

रवि लामिछानेको रिट न्यायाधीश मुसलमानको इजलासमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटको आज (मंगलबार) सुनुवाई हुँदैछ। लामिछानेले आफूलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै पत्नी निकिता पौडेलद्वारा सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाई हुन लागेको हो । सुनुवाई न्यायाधीस अजीज मुसलमानको इजलासमा तोकिएको छ । यसअघि हिजो न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी परेकोमा हेर्न नमिल्नेमा परेको थियो । आफूलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै रिहा गरिनुपर्ने माग गरी

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीले रविलाई एक करोड धरौटीमा रिहा गरेको थियो । तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते उक्त आदेश बदर गरेर थुनामै पठाउन आदेश गरेपछि रवि रुपन्देही कारागारमा छन्। उच्चको आदेश बदर गरी थुना बाहिर राख्न माग गरिएको निवेदनको टुंगो लाग्न समय लाग्ने देखिएपछि रविले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पनि दिएका हुन्।

उच्चको आदेश बदर गर्न माग गर्दै उनले सर्वोच्च अदालतमा निवेदन दिइसकेका छन् । सर्वोच्चमा प्रारम्भिक सुनुवाइपछि कागजात झिकाउने आदेश भएको छ। सुप्रिम सहकारी ठगीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरूले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको अभियोग छ । उक्त रकममध्ये रवि, छवि र जीबीले गोर्खा मिडिया प्रालि स्थापना गरी त्यस कम्पनीमार्फत गैरकानुनी रूपमा १० करोड ९९ लाख ३६ हजार रकम परिचालन गरेको अभियोगपत्रमा उल्लेख छ । जीबी राई भने फरार छन् ।