काठमाडौं । सरकारले ४७ जना सहसचिवको एकै पटक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको ४७ जना सहसचिवको सरुवा सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो । सरुवा सूची अनुसार सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका १४ जना सहसचिवलाई सरुवा तथा कामकाजमा खटाइएको छ भने बाँकी विभिन्न निकायमा कार्यरत सहसचिवलाई सरुवा गरिएको छ ।
https://drive.google.com/file/d/1696yT1NNIq1nMPDwT42UXHeSZCWv5597/view
प्रतिक्रिया