डोटी । डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जोरायल गाउँपालिका-१ गोल्डेनस्थित भीमदत्त राजमार्गमा मिनिट्रक दुर्घटना हुँदा ट्रक चालक बझाङको बुङ्गल नगरपालिका-२, दहबगरका अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी बिनोद शर्माले जानकारी दिए।
उनका अनुसार अन्य दुई जनाको भने परिचय खुल्न सकेको छैन। बुधवार बिहान ६ बजे धनगढीबाट बझाङतर्फ जाँदै गरेको सु.प ०१-००१ ख ३४२८ नम्बरको खाद्यान्न र खुद्रा सामान बोकेको मिनिट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो। शवहरू ट्रक र सामानले च्यापिएका कारण अहिलेसम्म शवहरू निकाल्न सकिएको छैन। ‘मानिसले निकाल्न सक्ने अवस्था भएन, त्यसकारण डोजर लगाएर शव निकाल्ने तयारी भइरहेको छ,’ उनले भने।
प्रतिक्रिया