सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो

सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घट्यो


काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा साढे ७ हजार रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।