हतियार हराउने नेपाली सेनाका कर्णेल र क्याप्टेन सैनिक हिरासतमा

हतियार हराउने नेपाली सेनाका कर्णेल र क्याप्टेन सैनिक हिरासतमा


काठमाडौं– नेपाली सेनाको महेन्द्रदल गणपति प्रमुख सेनानी (कर्णेल) दिनेशकुमार खड्का र क्याप्टेन आर्याजुन श्रेष्ठलाई सैनिक प्रहरी हिरासतमा राखिएको छ।

शान्ति मिसनमा सिरियामा रहेका दुवै जनासहित अन्य सैन्य कर्मचारी नेपाल फर्किनासाथ विमानस्थलबाट पक्राउ गरी ‘कोर्ट अफ इन्क्वायरी’मा तानिएको स्रोतले जनाएको छ।

सिरियामा तैनाथ रहेको नेपाली सेनाको एउटा पोष्टमा २०८१ मंसिर २२ गते विद्रोहीले आक्राण गरी हतियार लुटेको थियो।

४८ थान अत्याधुनिक हतियारसहित ११ हजार राउन्ड गोली लुटिएको थियो।

गत चैत २२ मा फर्किएको एउटा र सोही महिनाको १६ गते विमानस्थल उत्रिएको अर्को टोलीलाई सैनिक प्रहरीले पक्राउ गरी केरकार गरेको थियो। शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको नेपाली सेनाको नाममा आँच आउनेगरी सुरक्षा नदिएको भनी पक्राउ गरी सोधपुछ जारी राखिएको बताइन्छ।