काठमाण्डु –प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको आजबाट हुन लागेको विदेश भ्रमण रद्द भएको छ । प्रधानन्यायाधीश रावतको बिहिवार हुन लागेको टर्कीको भ्रमण उनले अन्तिम समयमा रद्द गरेका हुन्
प्रधानन्यायाधीश रावत आज बिहाज १०ः ३० मा टर्कीको स्तानबुल जाने कार्यक्रम थियो । तर, अन्तिम समयमा उनले कार्यक्रम रद्द गरेका हुन् । रावतसंगै सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि टर्की जानेमा थिए ।
टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा साताव्यापी भ्रमणमा जान लागेका रावतको विदाईका लागि सर्वोच्च अदालतका अधिकारीहरू विमानस्थल जाने तयारीमा थिए । उनको भ्रमण रद्द हुनुको कारण भने थाहा भएको छैन ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको टर्की भ्रमण रद्द भएपनि ३ दिनपछि बेलायत जाने कार्यक्रम भने यथावत नै रहेको स्रोतले जनाएको छ । प्रधानन्यायाधीश रावत बेलायती प्रधानन्यायाधीश बरोनेस कारको निमन्त्रणामा बेलायत जान लागेका छन् ।
प्रतिक्रिया