एमाले संसदीय दलको बैठक बानेश्वरमा

एमाले संसदीय दलको बैठक बानेश्वरमा


सत्तारुढ नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरस्थित संसद् भवनको लोत्से हलमा सुरु भएको छ। बजेट अधिवेशन सुरु भएको सन्दर्भमा छलफल गर्न एमालेले दलको बैठक बोलाएर छलफल थालेको छ।

बैठकमा अहिले नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले विचार राखिरहेका छन्। त्यसपछि दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।