शिक्षकहरुमाथि बल प्रयोग गर्नु र धम्क्याउनु कुशासनको अर्को उदाहरण हो- डा.शेखर कोइराला

शिक्षकहरुमाथि बल प्रयोग गर्नु र धम्क्याउनु कुशासनको अर्को उदाहरण हो- डा.शेखर कोइराला


काठमाडौं – नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले शिक्षकहरुमाथि सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर धम्क्याउनु सरकारको कुशासनको अर्को उदाहरण भएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता कोइरालाले शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण भएको बताएका हुन् ।

उनले शिक्षकका समस्या समाधान गर्न अब धेरै ढिला भएको भन्दै एक दुई दिन मै समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भनेका छन्-

शिक्षा ऐन ल्याउनुपर्ने माग सहित शिक्षकहरु सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो । पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ । यस्तो अवस्थामा शिक्षकहरुसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी वल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरुलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो । अब धेरै ढिला भयो । एक दुई दिन मै समस्या समाधान गरी पठन-पाठन सुचारु गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।