प्रधानमन्त्री ओलीद्वारा सत्तापक्षीय गठबन्धनको बैठक आह्वान

प्रधानमन्त्री ओलीद्वारा सत्तापक्षीय गठबन्धनको बैठक आह्वान


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तापक्षीय दलहरूको बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक बुधबार बिहान ११ बजे बालुवाटारस्थित सरकारी निवासमा हुनेछ।

सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) सामेल छन्। बैठकमा आगामी बजेट अधिवेशन, गठबन्धनको साझा रणनीति र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।