महोत्तरी ।
मनरा शिसवा नगरपालिका–१, ब्रह्मस्थान नजिकैको पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ। मृत्यु हुनेमा स्थानीय विकेश सिंहका १० वर्षीय छोरा शुभमकुमार सिंह र सप्तरीको डाक्नेश्वरी नगरपालिका–९, पथरघाटा लक्ष्मीपट्टी निवासी रूपेश सिंहका ९ वर्षीय छोरा आयुषकुमार सिंह छन्।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका अनुसार, आयुषकुमार आफन्तको घरमा आएका बेला यो दुखद घटना भएको हो। पोखरीमा डुबेर अचेत भएका दुवै बालकलाई उपचारका लागि मनरा नगर अस्पताल लगिएको थियो। तर, चिकित्सकले उपचारका क्रममा दुवैको मृत्यु भएको पुष्टि गरे।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

प्रतिक्रिया