कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू

कारागारलाई पत्र पठाउँदै सर्वोच्चले भन्यो- अघिको पत्र आधिकारिक होइन, रेशमलाई रिहा गरिदिनू


काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न पठाएको पत्र आधिकारिक नभएको बताएको छ ।

केन्द्रीय कारागार डिल्लीबजारलाई पत्र लेख्दै सर्वोच्चबाट नाउपाका संस्थापक चौधरीलाई पक्राउ गर्न आएको पत्र आधिकारिक नभएको बताएकाे हाे ।

अदालतले यसअघि पठाएकाे पत्र आधिकारिक नभएकाे भन्दै त्यसलाई कार्यान्वय नगर्न नयाँ पत्र पठाएकाे हाे । पक्राउ परेका चाैधरीलाई तत्काल थुनामुक्त गरिदिन अनुराेध गरेकाे छ ।

पत्रमा भनिएकाे छ,’अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिती २०८२।१।१७ मा कैदमा राख पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाँउपालिका वडा नं. ६ घर भएका लालविर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।’