शिक्षकका मागको विषयमा निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

शिक्षकका मागको विषयमा निर्णय गर्न बालुवाटारमा मन्त्रिपरिषद् बैठक 


शिक्षकका मागका सम्बन्धमा निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। आन्दोलरत शिक्षकले राखेका नौ बुँदे मागका सम्बन्धमा निर्णय गर्न बैठक बोलाइएको हो।

बुधबार भएको वार्तामा सहभागी मन्त्रीहरुले नौ बुँदाका सन्दर्भमा मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए। मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनको तयारी गरिएको छ ।