शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन

शिक्षक महासंघसँग भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्‍बाट अनुमोदन


मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल शिक्षक महासंघका नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले जानकारी दिए।

बुधबार महासंघ र सरकारबीच भएको वार्ता सहमतिमा टुंगिएको थियो। त्यसलगत्तै बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गरेको हो। यो सहमतिसँगै शिक्षक आन्दोलन रोकिने अपेक्षा गरिएको छ।