शिक्षक महासंघले स्थगित गर्‍याे आन्दोलनका सबै कार्यक्रम

शिक्षक महासंघले स्थगित गर्‍याे आन्दोलनका सबै कार्यक्रम


नेपाल शिक्षक महासंघले आफ्ना विरोधका सबै कार्यक्रम स्थगित गरेको छ। बुधबार सरकारसँग नौ बुँदे मागबारे सहमति जुटेपछि महासंघले आन्दोलन स्थगित गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो।

सोही दिन साँझ बसेको मन्त्रिपरिषद बैठकले उक्त सहमति अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बताए। यो सहमतिसँगै शिक्षक आन्दोलन पूर्ण रूपमा रोकिने अपेक्षा गरिएको छ।