काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको प्राथमिकतामा संविधान संशोधन नपरेको बताएका छन् ।
मे दिवसको अवसरमा बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले २०८७ मा संविधान संशोधन हुने ओलीको भनाइ समेत स्मरण गरेका छन् ।
संसारका धेरै देशमा सबैभन्दा ठूलो पार्टी सरकारमा जाने र दोस्रो ठूलो पार्टी प्रतिपक्षमा बस्ने अभ्यास विपरीत नेपालमा दुई ठूला पार्टी मिलेर सरकार चलाएको उनले बताए ।
‘संविधान संशोधन गर्नुपर्ने भएकोले मिल्नुपर्यो भनेर व्याख्या पनि गरेका छन्,’ उनले भने, ‘सरकारमा गएपनि संविधान संशोधन गर्नेमा बेलाबखतमा चर्चा गर्ने बाहेक उनीहरूको त्यो प्राथमिकतामा पर्दैन । हुँदा-हुँदा २०८७ मा संविधान संशोधन गर्ने भनेर त्यसलाई पन्छ्याउने काम गरेको पाइन्छ ।’

प्रतिक्रिया