गभर्नर नियुक्तिमा कुनै समस्या छैन, ओलीजीका कारण ढिला भएको होइन- देउवा

गभर्नर नियुक्तिमा कुनै समस्या छैन, ओलीजीका कारण ढिला भएको होइन- देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाल गभर्नर नियुक्तिमा कुनै समस्या नभएको टिप्पणी गरेका छन् ।

मंगलबार कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बताएका हुन् ।

उनले भने- ‘गठबन्धनमा कुनै समस्या छैन । गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो । ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन ।’

प्रधानमन्त्री केपी शर्मा ओली र देउवाबीच विवाद भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बहस भइरहेका बेला देउवाको यस्तो भनाई आएको हो ।

तत्कालिन गभर्नर महाप्रसाद अधिकारीले अवकास पाएको एक महिना भइसक्दा पनि गभर्नर नियुक्ति नहुदा सरकार र गठबन्धनको क्षमतामा समेत प्रश्न उठाइएको छ ।