सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । तोलामा तीन सय रुपैयाँ घटेर आज प्रतितोला एक लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने प्रतितोला सुन एक लाख ९० हजार ८ सयमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । तोलामा १० रुपैयाँ बढेर आज चाँदीको मूल्य एक हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।