कानुनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग सभामुखको छलफल

कानुनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग सभामुखको छलफल


काठमाडौं – सभामुख देवराज घिमिरेले कानुनमन्त्रीसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा पेश हुने एजेण्डाको विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा जारी कानुनमन्त्री अजयकुमार चौरासिया पनि सहभागी छन् ।

आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्नेछ । यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।