मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै


काठमाडौँ – आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्रीको सचिवालयले आज राति ८ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाइएको जानकारी दिएको छ ।

आजको बैठकले गभर्नर सिफारिस गर्न गठित समितिको सदस्य डा. विश्व पौडेलको राजीनामा स्वीकृत गर्दै नयाँ विज्ञ सदस्य नियुक्त गर्ने सम्भावना रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र  कांग्रेस सभापति शेरबहादुर देउवाबीच पौडेललाई नयाँ गभर्नर बनाउने सहमति भएको र सोहि अनुसार प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।