काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही


बलिउड अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही शनिबार काठमाडौँस्थित भित्रुवन अन्तर्राष्ट्रीय विमानस्थलमा । उहाँ नेपालमा आयोजित साङ्गितिक कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्सबाट आज नेपाल आइपुग्नुभएको हो । तस्बिर : भेषराज कार्की/ रासस

काठमाडौं । बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही आज (शनिबार) बिहान नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन्।

वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरालाई ल्याउन आयोजकले करिब ३ करोड खर्च गरेका छन् । कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिनेछन् ।