दुर्गा प्रसाईँलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईँलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति


काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ । चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईँलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार अनुमति दिएको हो ।

गत १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए ।

उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले ६० दिनभित्र मुद्दाको अभियोजनपत्र अदालतमा दर्ता गरिसक्नुपर्छ ।