गृहमन्त्री लेखकसहित सुरक्षा संगठन प्रमुखहरु जनकपुरमा, जानुको कारण

गृहमन्त्री लेखकसहित सुरक्षा संगठन प्रमुखहरु जनकपुरमा, जानुको कारण


गृहमन्त्री लेखक जनकपुर, ९ जेठः गृह मन्त्रालय र मधेस प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजना शुक्रबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्तव्य राख्नुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिरःचन्दन ठाकुर÷रासस

काठमाडौं– गृहमन्त्री रमेश लेखकसहित सुरक्षा निकाय प्रमुखहरु मधेस प्रदेश राजधानी जनकपुर पुगेका छन्।

शुक्रबार मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठि सुरु भएको छ। अपराध नियन्त्रणमा खरो भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले खुला सिमानाका कारण प्रदेशमा लागु पदार्थको ठूलो चुनौती रहेकाले यसलाई रोकथाम गर्नुपर्ने बताएका हुन्।

कार्यक्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सीमानाकाबाट भारतीय माछा नेपाली बजारमा तस्करी भइरहेको बताए।

खुला सिमानाका कारण युवाहरू लागु पदार्थ औषधको कुलतमा लागेकाले प्रहरी समायोजन तत्काल गर्न माग गर्दै मुख्यमन्त्री सिंहले प्रहरीको अभावमा सरकारलाई काम गर्न समस्या भइरहेको बताए।