एमाले सचिवालय बैठक जारी, गृहमन्त्रीबारे छलफल

एमाले सचिवालय बैठक जारी, गृहमन्त्रीबारे छलफल


काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ ।

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ ।

साथै गृहमन्त्री रमेश लेखकका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ ।