गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

बैठक दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा सोमबार दिउँसो ४ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने छ।

पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको बिषय र त्यसलाई संसदमा प्रभावकारी रुपमा उठाउनेबारे छलफल हुनेछ।

रास्वपाले गृहमन्त्री रमेश लेखकलाई तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरिसकेको छ। रास्वपाले अब बस्ने संसदको वैठक सामान्य नहुने चेतावनी दिएको छ।