कामी रिता शेर्पाको नयाँ रेकर्ड, ३१ औँ पटक सगरमाथामा

कामी रिता शेर्पाको नयाँ रेकर्ड, ३१ औँ पटक सगरमाथामा


काठमाडौँ – कीर्तिमानी नेपाली पर्वतारोही कामी रिता शेर्पाले ३१औं पटक सगरमाथाको सफल आरोहण गरेका छन् ।

सेभेन समिट ट्रेक्सक अनुसार कामी रिताले आज बिहान करिब ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन् ।सोलुखुम्बुका कामी रिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन् ।

जनवरी २, १९७० मा  जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए। उनले पहिलो पटक १३ मे १९९४ मा सगरमाथाको आरोहण गरेका थिए  । उनको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ ।