एआईजीमा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ- जनपथ प्रहरी समूहतर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका सिद्धिविक्रम शाहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद्)को बिहीबारको निर्णयअनुसार शाह एआईजीमा बढुवा भएका थिए  ।

बढुवाका निम्ति जेठ ६ गते डीआईजी शाहको नाम सिफारिस गरिएको थियो ।

यही जेठ १० गते उमेर हदका कारण  एआईजी लालमणि आचार्यको अवकाशमा गएसँगै एक दरबन्दी रिक्त  भएको थियो ।