मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु


काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका ४ पानीघाटमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार बेलुका दुर्घटना हुँदा नुवाकोटको ककनी– १ की ३६ वर्षीया सुनिता बलामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको एपीएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार थिइन् ।

मोटरसाइकल चालक नुवाकोटको ककनी– १ कै मानबहादुर बलामी घाइते छन् । उनको एपीएफ अस्पताल बलम्बुमा उपचार भइरहेको छ ।