माधव नेपालसँगै मुद्दा परेका मेयर थापाको पद निलम्बन नहुने

माधव नेपालसँगै मुद्दा परेका मेयर थापाको पद निलम्बन नहुने


काठमाडौँ । पतञ्जलि जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँगै मुद्दा परेका भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पद निलम्बन नहुने भएको छ ।

हिजो (बिहीबार) अख्तियारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने बित्तिकै निलम्बनमा पर्ने कानूनी व्यवस्था छ । मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको भने सांसद पद स्वतः निलम्बन भइसकेको छ ।

मेयर थापाले पनि हदबन्दी छुट जग्गा किनेका थिए । त्यसैको आधारमा उनलाई अख्तियारले प्रतिवादी बनाएको हो । त्यही जग्गा जफतको प्रयोजनको लागि मात्रै उनीलाई प्रतिवादी बनाइएकाले मेयर पद निलम्बन नहुने अख्तियारले जनाएको छ ।