सुन तोलामा १६ सयले बढ्यो

सुन तोलामा १६ सयले बढ्यो


काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २१५०  रुपैयाँमा कारोबार भइरहेको छ ।