सर्‍यो प्रतिनिधि सभा बैठकको समय

सर्‍यो प्रतिनिधि सभा बैठकको समय


काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सरेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।