कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक


काठमाडौँ। नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

भोलि बिहान साढे ८ बजे बस्ने गरी बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।

 बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई बोलाइएको मुख्य सचिव पौडेलले बताए ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, एमालेसँग सत्ता सहकार्यको समीक्षा, रास्वपा र राप्रपाको अवरोध, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि असार १५ गते आइतबार दिउँसो १ बजेलाई बैठक तय गरिसकिएको छ ।