राप्ती प्रादेशिक अस्पताल: एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

राप्ती प्रादेशिक अस्पताल: एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित


दाङ । राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्ने प्राविधिकहरू बताएका छन् ।

बि.सं. २०७७ मा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन रु. तीन करोडमा खरिद भएको थियो ।