काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरूबीच सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार बसेको बैठकमा टीआरसीको प्रगति र भावी योजनाबारे छलफल भएको हो।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकपछि भने, “टीआरसीबाहेक अन्य कुनै विषयमा छलफल भएको छैन। सङ्क्रमणकालीन न्याय कोषमा करिब एक अर्ब रुपैयाँ राख्ने गरी बजेट विनियोजन भएको छ। पीडितको उपचार, संयन्त्र निर्माण र भइरहेका कामबारे ब्रिफिङ भएको छ।” उनले टीआरसीलाई सकारात्मक ढङ्गले अघि बढाउने विषयमा तीनै दलका नेताहरू सहमत भएको र आयोग गठन भइसकेकाले बाँकी काम आयोगले गर्ने बताए।
बैठकमा कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, माओवादीबाट उपमहासचिव वर्षमान पुनलगायत सहभागी थिए।

प्रतिक्रिया