३५ नेपाली युवाको भारतबाट उद्धार, बन्धक बनाई शोषण

३५ नेपाली युवाको भारतबाट उद्धार, बन्धक बनाई शोषण


काठमाडौ  – आकर्षक रोजगारीको झुटो आश्वासनमा फसाइ भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवाहरूलाई सफल उद्धार गरिएको छ। नेपाली राजदूतावास, नयाँ दिल्लीका अनुसार पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पुर्‍याई बन्धक बनाइएको अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो।

परराष्ट्र मन्त्रालयको निर्देशनमा राजदूतावासले उत्तराखण्ड प्रहरी र स्थानीय सामाजिक संस्थाको सहयोगमा असार ५ गते उद्धार कार्य सम्पन्न गरेको हो। उद्धारपछि घटनासँग संलग्न केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। अन्य स्थानमा अझै नेपालीहरू बन्धक बनाइएका हुन सक्ने आशंकामा खोजी कार्य जारी छ।

राजदूतावासले उद्धार गरिएका व्यक्तिहरूलाई कानुनी प्रक्रिया पूरा गरी चाँडै नेपाल फर्काइने जनाएको छ।