दोस्रो पटक भाँचियो मन्थलीको ६ र ७ वडा जोड्ने निर्माणाधीन पक्की पुल

दोस्रो पटक भाँचियो मन्थलीको ६ र ७ वडा जोड्ने निर्माणाधीन पक्की पुल


काठमाडौँ। रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्न तामाकोशी नदीमाथि बन्दै गरेको मोटरेबल पुल दोस्रो पटक भाँचिएको छ । मन्थलीको वडा नम्बर ६ कुनौरी र वडा नम्बर ७ को भटौली मुगिटार जोड्ने पक्की पुलको एउटा स्पान भाँचिएको हो

कालिका-कल्पवृक्ष जेभीले निर्माण गरिरहेको सो पुलको एउटा स्ल्याब गत वैशाखमा पनि भाँचिएको थियो । भाँचिएको सोही स्ल्याब निर्माण भइरहेको बेला आइतबार बिहान फेरि भाँचिएको स्थानीयले बताएका छन् । पुल पटक-पटक भाँचिएपछि यसको गुणस्तरमा प्रश्न उठेको छ ।

यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।