कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो

कांग्रेसको केन्द्रीय समिति बैठक सर्यो


काठमाडौं- सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ। यही असार १५ गते बीपी स्मृति भवन सानेपामा तय गरिएको बैठक १६ गतेका लागि सारिएको हो।

बैठक १६ गते १ बजे बोलाइएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। विशेष कारण देखाएर बैठकको मिति सारिए पनि स्थान भने सारिएको छैन। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि निर्देशन दिइएको छ।

बैठक केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ। बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, एमालेसँगको सहकार्य र सरकारको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनलगायतको विषयमा छलफल हुने जनाइएको छ। एमालेसँग सत्ता सहकार्य थालेको एक वर्ष पुग्दैछ । यो बीचमा कांग्रेसभित्र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर चर्को आलोचना हुँदै आइरहेको छ। बैठकमा त्यसबारेमा पनि समीक्षा हुने जनाइएको छ।