कमलादीस्थित हामा स्टीलको मुख्यालयमा आगलागी

कमलादीस्थित हामा स्टीलको मुख्यालयमा आगलागी


काठमाडौं– देशको पुरानो स्टील उद्योगको मुख्यालयमा मंगलबार भएकोे आगलागी नियन्त्रणमा आएको छ।

कमलादीस्थित कर्पोरेट कार्यालयमा आगलागी भएको थियो। आगलागीको क्षति विवरण संकलनको काम जारी भएको छ। नेपाली सेनाका अनुसार आगलागी नियन्त्रणमा आएको छ।

सेनासहित अन्य सुरक्षा निकाय र काठमाडौं महानगरपालिकाको दमकल तथा सुरक्षा बलको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो।